चर्चित टिकटकर आयुश सिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेको टिकटक एकाउण्ट बेन्ड भएको छ । यदि नियमित टिकटक हेर्ने गर्नुभएको छ भने यो जोडीसँग पक्कै परिचित हुनुहुन्छ, जो अहिले ‘टक अफ दि टाउन’ बनिरहेका छन् । पछिल्लो समय पारिवारिकरुपमा भएको विवादमा नेपालदेखि पाकिस्तानसम्म घृणा फैलिन थालेपछि टिकटकले उनीहरुको एकाउण्ट बेम्ड गरिदिएको हो।

नेपालका आयुष र पाकिस्तानकी जमाली टिकटक लाइभबाट जोडिएका हुन् । दुबईमा बस्दै आएकी जमाली आफ्नो अनुहार बुर्काले छोपेर लाइभमा आउने गर्थिन । आयुष टिकटक लाइभमा बसेर अत्यधिक डलर कमाउने टिकटकरमा गनिन्छन् । उनको प्रमुख पेशा नै टिकटक लाइभमा बस्ने हो । उनको लाइभमा अडियन्सको कहिल्यै कमी हुँदैनन् ।

