नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

राजनीति समाचार

नेपाल र चीन सरकारबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।मंगलबार नेपाल र चिनियाँ पक्षका उच्चस्तरीय भेटवार्ताका क्रममा उक्त फ्रेमवर्कमा हस्ताक्षर हुन नसकेपनि भोलिपल्ट भने हस्ताक्षर भएको हो। सम्झौतापत्रमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका कायममुकायन सचिव अमृतबहादुर राई र चिनियाँ समकक्षीले हस्ताक्षर गरे ।