खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ४२ जिल्लाका ६५ स्थानमा सुपथ मूल्य पसल

विविध

चाडपर्व नजिकिएसँगै खाद्य वस्तुहरुको मूल्य तिव्र गतीमा बढ्ने गरेको छ ।
सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ६५ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।
काठमाडौं उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले विक्री कक्ष सञ्चालित छन् ।
‘यस वर्षको चाडपर्व लक्षित सुपथ मूल्य पसल असोजको ३ गतेदेखि सुरु गरिएको हो । पसलहरुमा दैनिक उपभोग्य सामानहरु दाल, तेल, नुन, चिनी, जस्ता खाद्य वस्तुहरु सुपथ मूल्यमा विक्री वितरण गरिन्छ । यस वर्ष देशभर करिब ४२ वटा जिल्लाका ३५ वटा स्थानहरुबाट पसलहरु सञ्चालन भइरहेको छ । काठमाडौं उपत्यकामा कम्पनीका चारवटा विक्री केन्द्रहरुबाट सञ्चालन भएका छन् भने दक्षिण्काली र चाँगुनारायण दुईवटा पालिकाहरुसँगको समन्वयमा पनि सुपथ मूल्य पसल सञ्चालन गरिएको छ ।
सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो पाँच रुपैयाँ, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी÷गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो दश रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ । कम्पनीबाट निर्धारण हुने मूल्य भनेको बजार मूल्यलाई नै पनि ध्यानमा राखेर नै निर्धारण गर्छौ र मूल्य बजार मूल्य भन्दा केही हदसम्म कम नै रहेको हुन्छ । त्यसमा पनि चाडपर्व लक्षित सहुलियत मूल्य पसल भन्दैगर्दा खाद्य वस्तु अनुसार पाँच रुपैयाँदेखि १० रुपैंयाँसम्म प्रति केजी, प्रति लिटरमा छुटको व्यवस्था गरेको हुनाले बजारको मूल्य भन्दा कम नै हुने गरेको छ । यसको साथै, सरकारले नेपाल भित्रै उत्पादन भएका सामानलाई बढी प्राथमिकता दिएको र पसलहरुमा राखिने सबै सामान देशभित्रकै उत्पादन भएको भन्दै हिमाली भेगबाट च्याङ्ग्रा र त्यहाँको रैथानी बाली ल्याएको साथै तराई भेगबाट खाद्य ल्याएर कम्पनीले विक्री गर्ने गरेको छ ।
यसवर्षको पसलको लागि सरकारले करिब तीन करोडको बजेट विनियोजन गरेको छ भने त्यसको दायरामा रहेर करिब ५० हजार क्वीन्टल खाद्य विक्री वितरण गर्ने योजना बनाएको छ ।
कम्पनीले अनलाइन अर्डर लिएर होम डेलिभरीको सेवा दिइरहेको छ तर सेवा भने काठमाडौं उपत्यका, सुर्खेत र पोखरामा मात्र छ । पहिलो वर्ष खसीबोका, च्याङ्ग्रा धेरै आएको र ठूलो ठूलो आएको हुनाले विक्री राम्रो तरिकाले हुन सकेको थिएन भने यसपाली कम्पनीले पहिलाको संख्यालाई घटाएर एक हजार पाँच सय खसीबोका तथा तीनसय च्याङ्ग्रा काठमाडौँ ल्याएर थापाथलीबाट बिक्री गरिने जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ २३ गते चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो ।