उपत्यकामा ११ र तीन मोबाइल भ्यानसहित १४ स्थानमा साल्ट ट्रेडिङको सुपथ मूल्य पसल

विविध

चाडपर्व नजिकिएसँगै खाद्य वस्तुहरुको मूल्य तिव्र गतीमा बढ्ने गरेको छ । आम उपभोक्ताहरु दैनिक उपभोग्य बस्तुको अभाव साथै मंहगीको सामना गरिरहेका हुन्छन् । यस्तो समस्याको अन्त्यका लागि कर्पोरेशनले बर्षेनी ‘सुपथ मूल्य पसल’ खोल्ने गरेको छ ।  साल्ट ट्रेडिङ कर्पोरेसनले असोज ७ गतेबाट सुपथ मूल्य पसल सुरु गरेको छ । कर्पोरेसनले उपत्यकामा ११ स्थान र तीन मोबाइल भ्यानसहित १४ स्थानमा सुपथ मूल्य पसल सुरु गरेको हो । कर्पोरेसनले चिनी प्रतिकेजी पाँच रुपियाँ, नुन प्रतिकेजी दुई रुपियाँ, खानेतेल, चामल, चिउरा र पिठोलगायतमा प्रतिकेजी सात रुपियाँका दरले छुट गरेको छ ।

कर्पोरेसनले उपत्यकामा केन्द्रीय कार्यालय कालीमाटी, सतुङ्गल, बालाजु, गौशाला, कपन, कौशलटार, कोटेश्वर, जाउलाखेल, स्वयम्भुका बिक्री केन्द्रबाट ती वस्तु छुटमा उपलब्ध गराउँदै छ । उपत्यकाबाहिरका २२ जिल्लामा रहेका बिक्री केन्द्र र विभिन्न पालिकाबाट आएका माग आधारमा पनि सेवा दिन सकिने गरी तयारी गरिएको छ ।