काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले बहालवाला प्रदेश सांसदको बारेमा सामाजिक सञ्जाल फेसबुकमा विवादित स्टाटस लेखेका छन् ।
शर्माले ८ वर्षदेखि घरेलु कामदार राखेर हिंसा गरेको भन्दै बालेनले आइतबार फेसबुकमा स्टाटस लेखेका थिए।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि मुछेका थिए।
सरकारले केही नगरेको र मुद्दा चलाउन भने पनि बेवास्ता गरेको जिकिर उनले गरेका थिए।
प्रधानमन्त्री केपी ओलीलाई नै सम्बोधन गरेर हिंसा गर्ने सांसदलाई समाउने कि नसमाउने भनेर बालेनले प्रश्न गरेका थिए।
सांसद शर्माले आफू दाङ बस्ने गरेको र ती बालिका छोरीसँग काठमाडौंमा बस्ने गरेको बताउँदै आएकी छिन्। महानगरले घरेलु कामदारको रूपमा शोषण भएको भन्दै ती बालिकालाई उद्दार गरेको बताउँदै आएको छ।





