चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णयको गरेको हो ।
बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सञ्चार मन्त्रालयले सिफारिस गरेको थियो । नाम सिफारिस हुनेमा डिसीसँगै दीपा पाण्डे र राजेश थापा रहेका थिए । बैठकले तीन जनामध्येबाट डिसीलाई बोर्डको अध्यक्षको जिम्मेवारी दिएको हो ।
यसअघि बोर्डको अध्यक्ष अभिनेता भुवन केसी रहेका थिए । उनको कार्यकाल सकिएपछि नयाँ अध्यक्ष नियुक्त गरिएको हो ।



