ममता काफ्ले हत्या प्रकरण सेलाउन नपाउँदै अर्की चेली पनि मारिएकी छिन् । टेक्सास राज्यको ह्युस्टनमा मुना पाण्डेको हत्या भएको हो ।
भोजपुर घर भएकी २१ वर्षीया मुना पाण्डेलाई आफू बसेकै अपार्टमेन्टमा सोमबार साँझ गोली हानेर मारिएको त्यहाँको प्रहरीले जनाएको छ ।
घटनाको खबर पाएपछि सोमबार साँझ साढे ५ बजेतिर ह्युस्टन प्रहरी घटनास्थलमा पुगेको थियो । त्यतिबेला मुना छातीमा गोली लागेको अवस्थामा मृत भेटिइन् । उनलाई धेरैवटा गोली हानिएको ह्युस्टन प्रहरीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


