कैलालीको धनगढीमा अस्पताल निर्माण गर्ने भन्दै अवैध रूपमा चर्च सञ्चालन गरेपछि दुई संस्थामाथि कारबाही गरिएको छ। धनगढी उपमहानगरपालिकाले लेट मी इन धनगढी प्रा लि र नेपाल लाइफ वर्ल्ड मिसनको व्यवसाय दर्ता खारेज गरेको छ भने उनीहरूले निर्माण गरेका संरचनाहरू भत्काएको छ।
उपमहानगरपालिकाका तीन वटा डोजर र नगर प्रहरीले उक्त भवन भत्काएको छ । त्यस भवनमा केही दिन यता चर्च सञ्चालनमा थियो ।
स्थानीयका अनुसार लेट मी इन संस्थाले छालाको अस्पताल बनाउने भन्दै जग्गा भाडामा लिएको थियो। तर, पछि उक्त स्थानमा चर्च सञ्चालन गर्न थालिएको थियो। यसले स्थानीयमा आक्रोश फैलाएको थियो।
नगरपालिकाले गरेको छानबिनमा दुवै संस्थाले दर्ता प्रयोजनका लागि देखाएको उद्देश्यअनुसार काम नगरेको पाइएको छ। उनीहरूले अवैध संरचना निर्माण गरेको पनि भेटिएको छ।
सो भवनमा दुई जना कोरियन नागरिक र सोलुखुम्बुका एक जना पाष्टर राखेर चर्च सञ्चालन गरिएपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयलाई छालाको अस्पताल बनाइरहेको भन्दै झुक्याइएको थियो भने वडा नम्बर ७ बाट पनि तालिम चलाउने सेमिनार हल भनेर इजाजत लिइएको थियो ।
भवनमा दुई जना कोरियन नागरिक र सोलुखुम्बुका एक जना पाष्टर राखेर चर्च सञ्चालन गरिएपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयलाई छालाको अस्पताल बनाइरहेको भन्दै झुक्याइएको थियो भने वडा नम्बर ७ बाट पनि तालिम चलाउने सेमिनार हल भनेर इजाजत लिइएको थियो । स्थानीयको उजुरीपछि नगरपालिकाले कारबाही प्रक्रिया अघि बढाएको थियो। उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाका अनुसार साउन १० गतेदेखि छानबिन सुरु गरिएको थियो।
छानबिनका क्रममा दुवै संस्थाले उद्देश्य विपरित काम गरिरहेको पाइएपछि दुवै संस्थाको दर्ता खारेज गरिएको र उनीहरूले बनाएका संरचना भत्काइएको उपप्रमुख रानाले बताइन्।


