सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन् । गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुंग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाखभन्दा बढी क्षति भएको छ ।
मध्यरातिदेखि बस्तीमा पानी पसेपछि अधिकांश घरको भुइँतलाभित्र पसेको पानी चार फिटसम्म पुगेपछि मध्यराति धेरैको बिचल्ली भएको थियो । स्थानीय अनिता पाण्डेले खोलाको बाढी बस्तीमा पस्दा करिब ३० घरका सामानमा क्षति पुगेको बताइन् ।
स्थानीय कला थापाले परिवार मध्यराति कोठामा पानी परेर झ्यालको उचाइसम्म पुगेपछि सानो बच्चा च्यापेर कौशीमा गएर बस्नु परेको बताइन् । यस क्षेत्रमा बस्ती बढेको र खोला साँघुरिएपछि हरेक वर्ष पानी बस्तीमा पस्ने गरे पनि यस वर्ष धेरै पानी पसेर पहिलोपटक धेरै क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
कार्यालयले उद्योगतर्फ रु एक करोड एक लाख ७४ हजार दुई सय ६०, वाणिज्यतर्फ एक करोड १२ लाख ५७ हजार पाँच सय ४० र बिक्री आयबाट रु ७० हजार गरी कूल दुई करोड १५ लाख एक हजार आठ सय राजस्व सङ्कलन गरेको प्रमुख लामिछानेले जानकारी दिए ।
गत आवमा सनुसरीका एक सय २४ साना तथा मझौला उद्योगले पूँजी वृद्धि गरेका छन् । ती उद्योग तथा व्यवसायले ४४ करोड ५३ लाख १३ हजार पूँजी वृद्धि गरेका हुन् । गत आवमा घरेलु कार्यालय सुनसरीले दुई करोड १५ लाख एक हजार आठ सय राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।
सुनसरीमा सञ्चालित धेरै उद्योग तथा व्यवसाय सञ्चालनमा भए पनि नवीकरण गर्नेको सङ्ख्या कम देखिएको छ । गत आव २०८०–८१ मा एक हजार तीन सय ५२ उद्योगले मात्रै नवीकरण गरेका छन् । उद्योग दर्ता तथा नवीकरणवापत कार्यालयले ६७ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ ।
गत आवमा २४ उद्योगले ठाउँसारी र ६५ उद्योगले नामसारी गरेका छन् ।


