वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यलाई नाकबाट रक्त बगेपछि विराटनगरस्थित हिमगिरी अस्पतालमा भर्ना गरिएको छ ।
आचार्य र मदनकृष्ण श्रेष्ठ शनिबार हिमगिरी हाइजिङको ब्रान्ड एम्बेस्डर बन्ने सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका थिए ।
आइतबार बिहान काठमाडौं फर्कने तयारीमा रहेका आचार्यलाई नाकबाट रक्त बगेपछि तत्कालै अस्पताल लगिएको थियो ।
अस्पताल स्रोतका अनुसार आचार्यको स्वास्थ्य अवस्था सामान्य छ । उनलाई भेट्न शुभेच्छुकहरुको अस्पतलमा ओइरो लागेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि आचार्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए । उनले सञ्चारकर्मीहरुलाई आचार्यको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।




