पाकिस्तानको एक आतंकवाद विरोधी अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई लिएर कडा टिप्पणी गरेको छ । मे ९, २०२३ मा हिंसाको मुद्दामा जेलमा रहेका इमरान खानको गतिबिधि आतंकवादीको जस्तो रहेको अदालत को ठम्याइ छ।
अदालतले खानलेआफूलाई जेल बाट मुक्त गर्न दबाब दिन पार्टीका नेताहरूलाई सरकारी सम्पत्ति, सैन्य अखडा र प्रहरी अधिकारीहरू माथी आक्रमण गर्ने जिम्मेवारी दिएको बताएको छ।
एक पाकिस्तानी अखबारको रिपोर्टका अनुसार अदालतले आफ्नो आदेशमा इमरानले जनतालाई उक्साउने मात्र नभएर अराजकता सिर्जना गर्ने, वातावरण बिगार्ने र उनको रिहाइका लागि सरकारलाई दबाब दिन आगजनी गर्न निर्देशन दिएको बताएको छ ।तर इमरान खानको पार्टीले आतंकवाद विरोधी अदालतको यो आदेशलाई ‘बेतुकको भन्दै यो निर्णयको विरोध गर्ने समेत जनाएको छ। लाहोरको आतंकवाद विरोधी अदालतले यस हप्ता इमरान खानको 9 मे, 2023 को दंगासँग सम्बन्धित तीनवटा मुद्दामा गिरफ्तारी पूर्व जमानत याचिका खारेज गर्यो। साथै उनलाई सोधपुछका लागि निरन्तर प्रहरी हिरासतमा राख्न अनुमति दिइएको छ । बिहीबार अदालतले इमरानसँग सम्बन्धित यस मुद्दामा ठूलो आदेश जारी गरेको थियो ।
इमरान खान को पूरा नाम इमरान अहमद खान नियाजी हो, पाकिस्तानका एक राजनीतिज्ञ एवं पूर्वक्रिकेटर हुन् । उनको जन्म ५ अक्टोबर १९५२ मा भएको थियो । पञ्जाब, लाहोरको नियाजी पश्तुन परिवारमा जन्मेका खानले सन् १९७५ मा इङ्ल्यान्डको केबल कलेजबाट स्नातकसम्मको पढाई गरेका थिए । उनले अगस्ट २०१८ देखि अप्रिल २०२२ सम्म पाकिस्तानको २२औं प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए । उनले अगस्ट २०१८ देखि अप्रिल २०२२ सम्म पाकिस्तानको २२औं प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए । यस अघि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पत्नी बुसरा बिबीलाई भ्रष्टाचार आरोपमा पाकिस्तानी अदालतले १४ वर्षको जेल सजाय सुनाएको थियो।



