प्रधानमन्त्री प्रचण्ड आजै खुमलटार फर्कदै, बालुवाटार खाली हुँदै

राजनीति

अहिले  प्रतिनिधि सभामा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै छन् । नेकपा एमाले, जसपा सरकारकाबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि बर्तमान संसदीय अंक गणित को हिसाब मा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमत मा पर्ने निश्चित छ। हालको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकतर्फ ११० गरी कूल २७५ सदस्यीय रहेको छ ।नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए ।

आफु अल्पमतमा पर्ने भए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले आजै सरकारी निवास बालुवाटार छोड्ने भएका छन् । प्रधानमन्त्री सचिवालयका अनुसार संसदमा विश्वासको मत लिने प्रक्रिया पूरा भएपछि उनी सिधै निजी निवास खुमलटार जाने भएका हुन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’को सल्लाहकार समूहका पदाधिकारीहरू यस प्रकार रहेका छन् :

सि.न. नाम पद
१ श्री गोविन्द प्रसाद आचार्य प्रेस सल्लाहकार
२ डा. रुपक सापकोटा परराष्ट्र सल्लाहकार
३ डा. पपुलर जेन्टल जलवायु परिवर्तन तथा वातावरण सल्लाहकार
स्वकीय सचिवालयका पदाधिकारीहरू
१ श्री सन्त कुमार दरै प्रमुख स्वकीय सचिव
२ श्री गंगा दाहाल स्वकीय सचिव
३ श्री रमेश कुमार मल्ल स्वकीय सचिव
४ श्री शुभाष पाण्डे युवा तथा सामाजिक विकास विज्ञ
५ श्री मनहरि तिमिल्सिना प्रेस विज्ञ
६ श्री शिव बाबु खकुरेल स्वकीय सह-सचिव
७ श्री गोकर्ण प्रकाश भट्ट स्वकीय सह-सचिव
८ श्री बुद्धि बहादुर घर्ती जनसम्पर्क विज्ञ
९ श्री खोप बहादुर कँडेल स्वकीय सह-सचिव
१० श्री प्रकाश रायमाझी सूचना प्रविधि विज्ञ
 निजी सचिवालयका पदाधिकारीहरू
१ श्री अर्जुन भण्डारी निजी सचिव (सह-सचिव)