फ्रान्सलाई २–१ ले पराजित गर्दै स्पेन फाइनलमा

खेलकुद

स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरको छ ।  मंगलबार राति भएको खेलका खेलमा स्पेनले फ्रान्समाथि २–१ गोल अन्तरको पुनरागमन जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

जर्मनीको म्युनिख रंगशालामा भएको सेमिफाइनलमा सुरुआती गोल भने फ्रान्सले गरेको थियो । तर उक्त अग्रता फ्रान्सले धेरैबेर टिकाउन सकेन ।

खेल सुरु भएको आठौं मिनेटमा कोलो मुआनीले केलियन एम्बाप्पेको पासमा गोल गरेका थिए ।