काठमाडौँ महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिनलाई कारबाही गरेको छ।
महानगरको कार्यालयमा संचालित नारायणी चमेना गृहलाई ५० हजार रुपैयाँ जरिबाना तिराइएको हो ।
महानगरका अनुसार क्यान्टिनको खानाका विषयमा विभिन्न गुनासा आएका थिए ।
अनुगमन गर्दा बासी खाना खुवाउने गरेको पाइएपछि जरिबाना गरिएको महानगरले बताएको छ।