परोपकार प्रसूति अस्पतालबाट नवजात शिशु चोरी

समाचार

काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट नवजात शिशु (बालिका) हराएको छ ।

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्र्षीया सविना श्रेष्ठले आफ्नो शिशु चोरी भएको भन्दै मौखीक सूचना दिनुभएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

नवजात शिशु चोरी भएको भन्ने खबर आएपछि खोजीकार्यका लागि प्रहरी टोली खटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीले सिसि टिभि फुटेज हेरेर अनुसन्धान अघि बढाएको छ ।

सीसीटिभीमा देखिएको हुलिया अनुसार रातो कुर्ता, सुरुवाल र कालो मास्क लगाएकी महिलाले बच्चा बोकेर हिँडेको देखिन्छ । उनले पहेँलो ब्याग बोकेकी छन् । उनको खोजि र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।