‘हन्टर कार्निभल’ गर्दै रोयल इन्फिल्ड

समाचार

रोयल इन्फिल्डले ‘हन्टर कार्निभल’ आयोजना गरेको छ ।

निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड ‘रोयल इनफिल्ड’ को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले हाल बजारमा ल्याएको हन्टर ३५० मोटर साइकलको कार्निभल यहि फागुन १२ गते इजीवे ट्रायल सेन्टर, संखमुलमा गर्न लागेको हो ।

उक्त कार्यक्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जि एम ए प्रर्दशनी, मोटर साइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज तथा कस्टमाइज्ड मोटरसाइकल परेड, फुड स्टलहरु र म्युजिकल पर्फमेन्स्लगायत हुनेछन् ।