नेपाल ए र क्यानडा ११ बीच आज दोस्रो खेल हुँदै

खेलकुद

नेपाल ए टिम र क्यानडा ११ बीच आज दोस्रो एकदिवसीय अभ्यास खेल हुँदैछ । खेल आज बिहान सवा ९ बजेबाट मुलुपानी क्रिकेट मैदानमा हुनेछ ।

तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो । आज नेपालले पहिलो खेलमा खेल्न नपाएका खेलाडीलाई मौका दिनसक्नेछ ।

पहिलो खेलमा तिब्र गतिका बलर हेमन्त धामी र रिजन ढकाल, स्पिनर शेर मल्लले आजको खेलमा मौका पाउन सक्नेछन् ।