एकाबिहानै भूकम्प

विविध

निकै समयपछि ठूलै झट्का महसुस हुने गरी आएको भूकम्पले एकाबिहानै धेरैको निन्द्रा भगाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर  ६ रिक्टरस्केलको भूकम्प गएको हो। भूकम्पको कम्पन सिन्धुपाल्चोक आसपासका जिल्ला लगायत काठमाडौंमा पनि महशुस गरिएको थियो ।