नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोईरालालाई दिइएको छ।आफ्नो ४ वर्षे कार्यकाल सकाएर निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ आजबाट बिदा भएका छन् । उनको बिदाईसँगै कोईरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने भनिएपनि विविध कारणले नियुक्ती हुन सकेन ।
