चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धा रहेकी छिन् ।
उनको आज (आइतबार) विहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै चितवनका कोरोना संक्रमण पुष्टि भएका १७ जनाको मृत्यु भएको छ ।