देशभरका नर्सहरू आन्दोलनमा

विविध

स्वास्थ्य क्षेत्रमा न्यायोचित व्यवस्थापन नभएको भन्दै देशभरका नर्स आन्दोलनमा उत्रिएका छन् । कोरोना भाइरसको महामारीमा अग्रपंक्तिमा खटिएका नर्स चरम शोषणमा परेको ठहर गर्दै देशभरका नर्सहरू आन्दोलनमा उत्रिएका हुन् । पटक–पटकको दबाबबाट पनि सम्बन्धित निकायले ध्यान नदिएपछि उनीहरूले नर्सहरूको छाता संगठन नेपाल नर्सिङ संघको कार्यालय परिसरमा विरोध प्रदर्शन गरेका छन् ।

सरकारी प्रतिष्ठान, गैरसरकारी तथा निजी संस्थाहरूमा समेत नर्सहरू चरम शोषणमा परेको उनीहरूको गुनासो छ । सम्पूर्ण नर्सको समस्यालाई उपयुक्त समयमा सम्बोधन नगर्दा भयावह समय आएको उनीहरूको भनाइ छ ।