विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ९ लाख १९ हजार नाघ्यो

विविध

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख १८ हजार नाघेको छ । दुई करोड ८६ लाख भन्दा बढी संक्रमित हुँदा निको हुनेको संख्या २ करोड पाँच लाख भन्दा बढी पुगेको छ । सबैभन्दा धेरै प्रभावित अमेरिकामा ६६ लाख संक्रमित छन् भने १ लाख ९७ हजार भन्दा धेरैको ज्यान गइसकेको छ ।

छिमेकी मुलुक भारतमा बितेको चौबिस घण्टामा ९७ हजार भन्दा धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणका कारण १२ सय भन्दा बढिको मृत्यु भएको छ । अहिले भारतमा साढे ४६ लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् भने ७७ हजार भन्दा बढीको मृत्यु भएको छ ।