मंगोलियामा स्था’नीय भाषाको शिक्षणमा लगाइएको प्रतिबन्धको विरोधमा हप्तौंसम्म बृहत प्रदर्शन गर्दै आफ्ना बालबालिकालाई विद्यालय नपठाउने घोषणा गरेका अभिभावहरुलाई जागिरबाट निकाल्ने धम्की दि’एपछि विद्यार्थीहरु स्कुल फर्किएका छन् ।
मंगोलियन भाषाको साटो बेइजिङको स्ट्यान्डर्ड चिनियाँ भाषा प्रयोग गर्न बाध्य पारिएपछि आफ्नो भाषाको अपमान गरेको र आफ्नो भाषामाथि हस्तक्षेप गरेको भन्दै गत महिनाको अन्ततिर जातीय मंगोल समुदायले व्यापक प्रतिरोधसहित प्रदर्शनहरु गरेका थिए ।
नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा एक हप्ता बाँकी रहेको समयमा चीनले भाषासम्बन्धी नीति अगस्तको अन्त्यमा घोषणा गरेको थियो । तत्कालै अभिभावक, शिक्षक र विद्यार्थीहरूले विरोध प्रदर्शन र विद्यालय बहिष्कारको व्यवस्था गरेका थिए ।

स्थानीय अधिकारीहरूले हातहतियारसहित प्रहरी परिचालन गरी विरोध प्रदर्शनलाई नियन्त्रणमा लिनुका साथै विद्यार्थीका आमाबाबुलाई बच्चाहरूलाई कक्षामा पठाउनको लागि तीव्र दबाब दिए । सेप्टेम्बर २ सम्ममा होरकिन जिल्ला पुलिसले प्रदर्शनमा सहभागी १२९ जना लाई वान्टेडको सूचीमा राखेको थियो ।
प्रदर्शनमा स्पष्ट रूपमा सुरक्षा क्यामेराले खिचेको फोटोहरु उपलब्ध गराउनेलाई र प्रदर्शनकारीबारे सुराँकी दिनेलाई एक हजार आरएमबीको नगद पुरस्कार प्रदान गरियो र क्लिपबोर्डसहितका पुलिस अफिसरहरूले टोल गेटहरूमा तोङ्गलियोबाट बाहिर निस्किनेहरुमाथि निगरानी बढायो ।
मंगोलियाली भाषाको एक मात्र सोशल मिडिया साइट बन्द गरिएको छ। जति धेरै प्रदर्शन बढ्दै गैरहेको छ त्यति नै सरकार क्रूर दमन गर्दैछ। मंगोलियाली भाषाका पुस्तकहरू स्थानीय पुस्तक पसलबाट हटाइएको छ। चीनमा मंगोलियाली भाषामा यो एकमात्र सोशल मिडिया साइट थियो।
इनर मंगोलियामा चीनको विरोधको कारण ?

नेल्सन मण्डेलाले एकचोटि एउटा सुन्दर लाइन भनेका थिए । उनले भनेका थिए कि “यदि तपाईले कुनै व्यक्तिसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा जानेछ। तर यदि तपाईं उसँग उसको आफ्नो भाषामा बोल्नुभयो भनेत्यसले सिधा मुटुमा छुन्छ ।” त्यस्तै प्रत्येक व्यक्तिको आफ्नै प्राकृतिक भाषा/ मातृभाषा हुन्छ जुन पुर्खाहरूको ज्ञान, आफ्नो र उसको सांस्कृतिक सम्पदासंग सम्बन्धित हुन्छ । यदि सरकारले जनताबाट आफ्नै भाषा प्रयोग गर्न पाउने खोसेमा के हुन्छ ? यदि यस्तो भयो भने, निश्चित रूपमा मानिसहरूले विद्रोह गर्छन् । हाम्रो छिमेकी देश चीनमा पनि यस्तै भइरहेको छ। त्यहाँको एउटा क्षेत्रमा हजारौं मानिस सडकमा उत्रिएका छन् र जुन क्षेत्रमा यो भइरहेको छ, त्यहाँ चिनियाँ सरकारले निकै दमन गरिरहेको छ। सांस्कृतिक क्रान्तिको नाममा त्यहाँ एक लाख भन्दा बढी मानिस मारिए। सयौं बौद्ध मन्दिर भत्काइयो।
विस्तारमा :
चिनियाँ सांस्कृतिक क्रान्ति

कहानी एक बर्ष पहिले बन्द ढोका भित्रको गोप्य अदालती कारवाहीबाट सुरू हुन्छ। यो ४ अप्रिल २०१९ को कुरा हो,यसदिन चीनमा एक जना मान्छे बिरुद्द सरकारले अदालतमा मुद्दा हालेको थियो। ति व्यक्तिको नाम लामजब बोर्जीकिन थियो। ७५ वर्षिय बोर्जीकिन पेशाले इतिहासकार हुन् । सन् २००६ मा उनले एउटा पुस्तक लेखेका थिए – “चीनको सांस्कृतिक क्रान्ति” । यस पुस्तकमा त्यस्तो केहि लेखिएको थियो जसले गर्दा कुनैपनि चिनियाँ प्रकाशकले यसलाई छाप्न मानेनन् । अन्त:त लामजब बोर्जिगिनले यो पुस्तक गोप्य रूपमा आफ्नै स्रोतहरू मार्फत प्रकाशित गर्नुपर्यो। जब चिनियाँ सरकारले यसको बारेमा थाहा पायो, पुस्तक प्रतिबन्धित गरियो र पुस्तकका सबै प्रतिहरू बन्द गर्न आदेश दिइयो। तर २००० प्रति छापिएको यो पुस्तकका ८३६ वटा प्रतिलिपिहरू मात्र बरामद भए , सरकारले आफ्नो स्तरको जस्तोसुकै प्रयास गरे पनि बाँकी ११५४ एता पुस्तक कहिले पनि रिकभर हुन सकेन।
कट्टर चिनियाँ सरकारले उनको विरुद्धमा राष्ट्रिय एकतालाई खतरामा पार्ने गतिबिधि गरेको आरोप लगाएको थियो। उनलाई नजरबन्दमा राखिएको थियो। यस मुद्दाको सुनुवाई मात्र तिन घण्टा भयो र लामाजब बोर्जिगीन दोषी साबित भए र पछि उनलाई घरमै गिरफ्तार गरियो। उनलाई यस्तो अवस्थामा राखियो कि उनी बोल्न, कसैलाई भेट्न वा केहि पनि प्रकाशित गर्न सक्दैनन्।

(लामजब बोर्जिगीन , फोटो :pen.org)
लामजबले त्यस्तो के लेखेका थिए ? जसले चिनियाँ सरकारलाई अप्ठेरो पार्यो……
वास्तवमा, लामजबले चिनियाँ सरकारले गरेको नरसंहारको इतिहास लेखेका थिए।
लामजबले २० वर्षसम्म कडा परिश्रम गरे, ति सबै ठाउँ घुमे जहाँ ज्यादती भएको थियो र उत्पीडनको सामना गरिरहेकाहरूको विवरण रेकर्ड गरे , र त्यसैलाई पुस्तकमा उतारे।
लामजबले कुन इतिहास लेखेका थिए?
उनले इनर मंगोलियामा चीनले गरेको सांस्कृतिक उत्पीडनको इतिहास लेखेका थिए। ७० को दशकमा शुरू भएको चीन सरकारको यस क्रूर अभियानमा करीव एक लाख मानिस मारिए। करीव साढे तीन लाख मानिसहरूलाई गिरफ्तार गरियो र यातना दिइयो, केवल एक कारणका लागि – इनर मंगोलियाका जातीय मंगोलियनहरूलाई चिनियाँमा रूपान्तरण गर्न र तिनीहरूको जातीय संस्कृति र पहिचानलाई नष्ट गर्न।
के हो इनर मंगोलिया ?

चीनमा पाँच स्वायत्त प्रदेशहरू छन्। ती मध्ये एक इनर मंगोलिया हो। नक्शामा, इनर मंगोलिया चीनको उत्तरी दिशामा छ। यसको छेउमा मंगोलिया छ , जुन छुट्टै देश हो। यसलाई धेरै ठाउँमा बाहिरी मंगोलिया पनि भनिन्छ। इनर मंगोलिया र हालको मंगोलिया ग्रेटर मंगोलियाको अंश थिए । यहीं चंगेज खानले मंगोल साम्राज्यको जग बसालेका थिए । उनका नाति कुब्लाइ खानले युआन वंशको जग बसाए र उनको साम्राज्य चीनमा फैलाए। युआन राजवंशको पतन १३६८ मा भयो। यसपछि मिङ्ग र त्यसपछि चीनमा चिंग साम्राज्य आयो। चिंग साम्राज्यले मंगोलियालाई चीनमा गाभ्यो। चिंग शासकहरूले प्रशासनिक सुविधाका लागि मंगोलियालाई बाहिरी र आन्तरिक इकाईहरूमा विभाजित गरे।

चीनले इनर मंगोलियामा बसोबासको गणित नै परिवर्तन गरिदियो…..
सन् १९११ मा चिंग साम्राज्यको बिरूद्ध चीनमा भएको सफल क्रान्तिपछि चिंग राजतन्त्रको अन्त्य भयो र चीन गणतन्त्र बन्यो। अब मंगोलियामा स्वतन्त्रताको भावना झनै प्रगाढ हुँदै गयो। रसियाले यसमा मंगोलियालाई मद्दत गर्यो। मंगोलिया रसियाको सहयोगमा १९२४ मा स्वतन्त्र भयो। तर सम्पूर्ण मंगोलियाले यो स्वतन्त्रता पाएन, रूसको सिमानामा बाहिरी मंगोलिया मात्र एउटा स्वतन्त्र देश भयो। चीनले भित्री मंगोलियालाई चिनभित्रै गाभ्न सफल भयो।
भित्री मंगोलिया चीनको कुल क्षेत्रफ़लको १२ प्रतिशत हो। तर केवल २% चिनियाँहरू यहाँ बस्छन्। मंगोलियनहरू भित्री मंगोलियाका स्थानीय हुन्। तर चीनले यहाँको बस्तीको गणित १९११ बाट परिवर्तन गर्न शुरू गर्यो। अधिकांश चिनियाँ हान समुदाय यहाँ बसोबास गर्न थाले र १९४९ को कम्युनिष्ट क्रान्तिको समयदेखि इनर मंगोलियाका मंगोलहरु नै अल्पसंख्यक भए।
पछिल्ला दशकहरूमा चीनले यहाँको जनतामा आफ्नो संस्कृति थोपरेको थियो। सन् १९६६ मा माओले चीनमा सांस्कृतिक क्रान्ति आरम्भ गरे, र ७० को दशकमा मंगोलियाली संस्कृति अन्त्य गर्ने प्रयास सबैभन्दा क्रूर भयो। यो सांस्कृतिक क्रान्ति चीनको कम्युनिष्ट शक्तिको बलमा भएको एक भयानक नरसंहार थियो। अनुमानित आँकडाका अनुसार यसमा करिब साढे चार लाख मानिसहरू मरे।
यस दौरान इनर मंगोलियामा के भयो?
चीनलाई यहाँको अलगाववादीहरूको गतिविधिका कारण सोभियत सहायताबाट इनर मंगोलिया स्वतन्त्र हुन खोज्ने डर थियो। यस्तो अवस्थामा चीनले सांस्कृतिक क्रान्तिको नाममा अलगाववादको भावनालाई कुल्च्यो। यहाँ एक लाख भन्दा बढी मानिसहरु मरे। स्थानीय मंगोल नेताहरूको छानी छानी हत्या गरियो। जोसुकै मानिस जसले स्थानीय जनसंख्यालाई एकतामा बाँध्न सक्ने र प्रभाव पार्नसक्ने आंकलन गरिएको थियो , प्रत्येकलाई छानी छानी हत्या गरियो।
यसपछि इनर मंगोलियामा सांस्कृतिक दमन बन्द भयो?
उत्तर हो – भएन। तिब्बत र सिनजियांगको यूगार बौद्धहरुलाई जसरि उत्पीडन गरिएको छ। इनर मंगोलियाको मंगोल जनसंख्यालाई पनि त्यस्तै दमन गरिएको छ। मंगोलियनहरूको समस्या यति मात्र हो कि उनीहरूले दलाई लामा जस्तो नेता भेट्टाएनन्। यस्तो नेता, जस मार्फत उनीहरूको दु: ख संसारमा हाइलाइट हुन सकोस।
कस्तो दमन ?
यहाँको भूमिहरू मंगोलहरूबाट खोसिए । उनीहरुका खानिहरु नस्ट गरिए । उनिहरूमाथी मन्डारिन लादियो। अधिकांश मंगोलहरू बौद्ध धर्मावलम्बी थिए। उनिहरूको धर्म र आस्था जबरजस्ती उनीहरुबाट खोसिएको थियो। उनीहरूको मन्दिर र गुम्बा नष्ट गरियो । उनीहरुका पूराना साहित्यिक कृतिहरु जलाइए । आज इनर मंगोलियाको कुल जनसंख्या २ लाख जति छ, यसमा २०% भन्दा कम मानिस जातीय मंगोलहरू हुन्। यी व्यक्तिहरूले अवसरहरू पनि पाउँदैनन्। सरकारी काम देखि अन्य उद्योगहरुमा पनि, बहुमत हान समुदायको छ।
इनर मंगोलियामा लामो समयदेखि यस्तो चलिरहदा आज आएर मात्र यी सबै कुरा किन प्रकासमा आए ?
यसैले हामी भन्दछौं कि इनर मंगोलियाबाट एउटा ठूलो समाचार छ। चिनियाँ सरकारले मंगोलहरूको बाँकी पहिचानलाई पनि कुचल्ने निर्णय गरेको छ। यस अन्तर्गत, इनर मंगोलियाका स्कूलहरूमा मंगोलियाली भाषा चरणबद्ध रूपमा बिस्थापित हुँदैछ। त्यहाँ, प्राथमिक र माध्यमिक विद्यालयका शिक्षकहरूले बच्चाहरूलाई मंगोलियाली भाषामा सिकाउँदैनन्। तिनीहरूले यसको सट्टामा मंडारिन भाषा प्रयोग गर्नेछन्।
आन्दोलनको जरो
तपाईं भन्नुहुनेछ, यसमा ठूलो कुरा के छ ? यो ठूलो कुरा हो। प्राथमिक र माध्यमिक शिक्षा तह , बच्चाको शुरुआती बर्ष हो। यसमा, बच्चाले मन्दारिन भाषामा सोच्न बाध्य हुनेछ। मंगोलियाली भाषा घरमा त प्रयोग हुन्छ, तर सबै अध्ययन अध्यापन तथा चलनचल्तिको भाषा मन्डारिनमा हुनेछ, हेर्नु र बुझ्नु पर्ने चीजहरूको सबै बुझाई मन्दारिनमा अभ्यस्त हुनेछ। अनि, आउँदो मंगोलियन पुस्ताले दैनिक जीवनमा उनीहरूको मातृभाषा पनि बिर्सनेछन्। त्यसैले यसपाली इनर मंगोलियामा आन्दोलनले आक्रामक रुप लिएको छर हाल भैरहेको आन्दोलनको मूल जरो पनि यहि हो।
चीनको सबै अल्पसंख्यक आदिवासी जनजातिहरुमा पनि त्यस्तै भएको छ। तिनीहरूका भाषा , संस्कृति, पहिचान सबै बेकार झारपात जस्तै उखेलिन्छन्।
