बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनको घटनाले नयाँ मोड लिएको छ। मुम्बई प्रहरीले सोमबार अबेर राति अभिनेता राजपूतकी दिदीविरुद्ध उजुरी दर्ता भएको जानकारी दिएको छ।
समाचार संस्था एएनआईका अनुसार रिया चक्रवर्तीको उजुरीमा राजपूतकी दिदी प्रियंका सिंह, दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालका डा. तरुण कुमारसहितका विरुद्ध आइपीसी र एनडीपीएस कानून अनुसार मुम्बईको बान्द्रा प्रहरी चौकीमा उजुरी दर्ता भएको हो।
बान्द्रा प्रहरीले आ’त्मह’त्याका लागि उक्साउने, जालसाजी–धोका तथा आपराधिक योजना बनाएको अभियोगसहितको उजुरी दर्ता गरेको हो। सोमबार रिया चक्रवर्तीले बान्द्रा प्रहरी चौकी गएर लिखित रुपमा उजुरी दिएकी थिइन्।

सुशान्तकी दिदी प्रियंका र डा. तरुण कुमारले गलत प्रेस्किप्सन बनाएको तथा टेली मेडिसिनको गाइडलाइन उल्लंघन गरेको अभियोग रिया चक्रवर्तीले लगाएकी छन्।
आरोप पत्रमा रियाले जुन ८ मा सुशान्तले दिदी प्रियंकासँग म्यासेजमार्फत भएको कुराकानी देखाएको र त्यसमा प्रियंकाले केही औषधि लिन सुझाव दिएकी थिइन्।
रियाका अनुसार आफूले सुशान्तलाई सो औषधि नभई डाक्टरले सुझाएको औषधि नै खान मनाउने प्रयास गरेको बताएकी छन्। प्रियंका स्वास्थ्यकर्मी नभएकाले सो औषधि नखान आफूले भनेको रियाले उल्लेख गरेकी छन्।
प्रियंकाले डा. तरुण कुमारको सहयोगमा गलत प्रिस्किप्शन बनाएको रियाले आरोप लगाएकी छन्। त्यसपछि आफू र सुशान्तबिच मतभेद भएको बताउँदै उनले सुशान्तले आफूलाई घर छोडेर जान भनेको पनि उल्लेख गरेकी छन्।
सुशान्तको निधन केशमा रिया चक्रवर्ती आफै अभियुक्त हुन् र यस सम्बन्धमा सीबीआईले अनुसन्धान गरिरहेको छ । यसैगरी नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पनि अनुसन्धान गरिरहेको छ ।
गएको जुन १४ मा सुशान्त सिंह राजपूत मुम्बईस्थित घरमा मृत फेला परेका थिए । मुम्बई प्रहरीले उनले आ’त्मह’त्या गरेको बताएको छ । तर सुशान्तका पिताले आ’त्मह’त्या नभई हत्या भनेर उजुरी दर्ता गरे । बिहार सरकारको सिफारिशमा सीबीआईले अनुसन्धान थालेको हो ।
