बलिउड अभिनेत्री रिया चक्रवर्ती एनसीबीद्वारा पक्राउ

विविध

सुशान्तकी प्रेमिका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई एनसीबीले पक्राउ गरेको छ । उनलाई ड्रग्स स्टडीमा पक्राउ गरिएको हो ।

यो भन्दा पहिला नै उनका भाई शोविक र सुशान्तकी हाउस म्यानेजर स्यामूअल मिराण्डालाई एनसीबीले पक्राउ गरिसकेको छ ।

रियाले तेश्रो दिनको एनसीबीको सोधपुछमा २५ जना बलिउड कलाकारको नाम लिएकी छन् ।

अब २५ जना बलिउड कलाकारमाथि ड्रग्सको बारेमा सोधपुछ गरिने भएको छ ।

रिया ड्रग्स कनेक्सनमा गिरफ्तार गरिएको हो । उनलाई अब मेडिकल जाँच गरिएको थियो । जसमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

एजेन्सीको सहयोगमा