काठमाडौं उपत्यकामा २४ घण्टामा थप ३९६ जना संक्रमित

विविध

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३९६ कोरोना संक्रमित देखिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जना संक्रमित देखिएको मंगलबार जानकारी दिएको हो।

२४ घन्टाको अध्यावधिक विवरण अनुसार सोमबार उपत्यकामा ३ सय २६ जनामा संक्रमण पुष्टि भएको थियो।

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार २८७ जना रहेको मन्त्रालयले जनाएको छ।