Instakhabar
Instant news at your fingertips
फोक्सोका क्यान्सरसँग लडिरहेका बलिउड अभिनेता सन्जय दत्तले गणेश चर्तुर्थीको पावन अवसरमा सामाजिक सञ्जालमा शुभकामना दिदै उनले आफ्नी पत्नी मान्यता दत्तसँगको सुन्दर तस्वीर सेयर गरेका छन । तस्वीरमा सन्जयले पत्नीसँग पोज दिएको देख्न सकिन्छ । सन्जयले क्याप्सनमा लेखेका छन्, ‘यो वर्ष पहिलाको जस्तो नभएपनि बप्पाप्रतिको विश्वास उस्तै हो । यो शुभ चाडले हाम्रो जीवनबाट सबै अवरोध हटुुन् र सबैको स्वास्थ्य राम्रो होस् । सबै मानिस खुशी हुन् । ’
८ अगष्टमा सन्जय छातीमा दुखाई र सास लिन अफ्ठ्यारो भएकोले लीलावती अस्पतालमा भर्ना भएका थिए । केहिश दिन अगाडी अस्पतालाबाट डिस्चार्ज भएर आफ्नो घरमा फर्किएका छन् । डिस्चार्ज भएको ३ दिनपछि उनलाई क्यान्सर भएको खबर बाहिर आएको थियो ।