काठमाडौं । सिन्धुलीको दूधौली नगरपालिका– २ मा वर्षासँगै परेको चट्याङले एक जनाको मृत्यु भएको छ । दूधौली नगरपालिका–२ लामिडाँडा निवासी ४९ वर्षीय प्रेमबहादुर घिसिङको चट्याङले मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार घिसिङको उपचारको क्रममा मृत्यु भएको हो ।मङ्गलबार साँझ खेतमा गाई चराएर घर फर्कने क्रममा घिसिङलाई वर्षासँगै परेको चट्याङ् लागी घाइते भएका थिए । घाइते प्रेमलाई उद्धार गरी स्थानीय क्लिनिक लामिडाँडामा उपचारको लागि लगिएको जिल्ला प्रहरी कार्याल्य सिन्धुलीले जनाएको छ ।उपचारको लागि क्लिनिकमा लगिएको र आज उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
