कोरोना संक्रमणबाट ६५ वर्षीया महिलाको मृत्यु

विविध

काठमाडौँमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिला रहेकी छिन् ।

उनी मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् ।  योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।