लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा योजना आयोगका सदस्य सुशील भट्ट नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई बोर्डमा रिक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बनेपछि रिक्त रहेको पदमा भट्ट नियुक्त भएका हुन्।
यसअघि सीईओ रहेका महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर भएपछि यो पद रिक्त हुनासाथ पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली, पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशीसँगै भट्ट पनि दौडमा थिए । तर अर्थमन्त्री युवराज खतिवडा संयोजकत्वको सिफारिस समितिले अन्तरवार्ताबाट ज्ञवाली र जोशीलाई पन्छाएपछि योजना आयोगमा रहेका भट्ट नै सीईओ बन्ने बाटो खुलेको थियो ।

