कोशी अस्पतालको आइसोलेसनमा उपचारार्थ एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगर महानगरपालिका-५ का कोरोना संक्रमित एक पुरुषको सोमबार उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका चिकित्सक दीपक सिग्देलले जानकारी दिएका हुन्।यससँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हु���ेको संख्या दुई पुगेको छ। यसअघि मोरङ जिल्लाकै सुनवर्षी नगरपालिकाका एक संक्रमितको उपचारकै क्रममा धरानमा मृत्यु भएको थियो। उनलाई त्यही दिन अपरान्ह विराटनगरमा ल्याइएको थियो। गम्भीर बिरामी अवस्थाका उनलाई एकजना ड्राइभरले बिपी प्रतिष्ठानमा ल्याएर छाडेका थिए। ‘उनलाई सुरूबाटै प्रतिष्ठानको भेन्टिलेटरमा राखिएको थियो। तर उपचारकै क्रममा भेन्टिलेटरमा उनले ज्यान गुमाएका थिए।
