कोरोनालाई जिते, गाउँ समाजसँग हारे : विशेश्वरको आत्महत्या प्रकरण

विविध

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएर १४ दिन आइसोलेनसमा बसेकाहरुलाई विना परीक्षण घर पठाउँदा सरकारले केही करोड त जोगायो होला । तर कोरोनालाई जितेर घर फर्किएका धेरैले छिःछि दुरदुरको व्यवहार सहनु परेको छ र, घरपरिवार, आफन्त र समाजको त्यही दुर्व्यवहार सहन नसकेर धनुषाको एक पुरुषले प्राण त्यागेका छन् । रोजगारीको खोजीमा गत माघमा भारतको राजधानी दिल्ली पुगेका धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर २ का ३५ वर्षीय विश्वेश्वर, लकडाउनका कारण रोजीरोटीमा धक्का लागेपछि घर फर्केका थिए। १६ असारमा महोत्तरीको भिठामोड नाका आइपुगेका उनलाई नगरपालिकाले नाकासम्म ट्रक पठाइदिएको थियो र त्यही ट्रक चढेर उनि गाउँ आइपुगेका थिए । गाउँकै पर्शुराम तलाउ माविको क्वारेन्टिन बसेका उनको स्वाब २६ असारमा संकलन गरिएको थियो जसको रिपोर्ट साउन १ मा पोजिटिभ आयो र लगतै उनलाई नगराइन नगरपालिकाको गांगुली आइसोलेसनमा सारियो जहाँ उनले यहाँ १० दिन बिताए ।

लक्षण नभएकाले उनलाई पुनः पीसीआर विधिबाट परीक्षण नगरी १० साउनमा घर जान दिइयो । क्वारेन्टिन र आइसोलेसन झेलेका उनका लागि यो खुसीको क्षण थियो । अन्तिम पटक पीसीआर जाँच नगरी पठाएका कारण उनलाई परिवारले भित्र नपस्न आग्रह गर्‍यो । बालबच्चा सानै भएकाले डराए । स्थानीयका अनुसार उनलाई खाना पनि पातमा दिन थालियो । गाउँघरमा मानिसले पनि छुइछिटो गर्न थाले । परिवार र गाउँलेको व्यवहारले आजित उनले स्वाब संकलन गरेर जाँच गरिदिन वडाध्यक्षदेखि मेयरसम्म सबैलाई आग्रह गरे । तर कसैले उनको आग्रहको सुनवाई गरेनन्। जनप्रतिनिधिले टेस्ट गर्न नासघईदिने , परिवार र गाउँसमाजले यथास्थितिमा स्वीकार नगर्ने व्यवहारले उनलाई आत्महत्याको बाटोतर्फ डोहोर्‍यायो । उनी शुक्रबार घर नजिकैको बगैँचामा झुण्डिएको अवस्थामा भेटिए । शव भेटिएको ठाउँमा धानमा छर्किने किटनाशक औषधिको बट्टा पनि भेटिएको विश्वेश्वरका दाजु लक्ष्मीले बताएका छन् ।

कोरोना तपाईं हामीलाई पनि जुनसुकै बेला लाग्नसक्छ, बेलैमा सचेत बनौ र आफ्नो आचरण सुधारौँ !
हुनलाई मिथिला बिहारी नगरपालिका वडा नम्बर २ का ३५ वर्षीय विश्वेश्वर यादवले झुण्डिएर आत्महत्या गरेका हुन् । तर उनको मृत्युमा समाजको दुर्व्यवहार र सरकारको त्यो निर्णय पनि त्यतिकै जिम्मेवार छ । भविष्यमा यस्तो घटना दोहोरिन नदिन सरकारले त सोच्नेपर्छ साथसाथै तपाई हामीले पनि हाम्रो व्यवहार सुधार्ने बेला आएको छ। कोरोना लाग्दैमा मरिन्दैन , कोरोन जितेकाहरुलाई र लागेकाहरुलाई समान व्यवहारका साथ् समाजमा बच्न दिऊ, कोरोना तपाईं हामीलाई पनि जुनसुकै बेला लाग्नसक्छ, बेलैमा सचेत बनौ र आफ्नो आचरण सुधारौँ !