
एजेन्सी, १२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली रकेट परीक्षणबाट आफू विचलित नभएको टिप्पणी गरेका छन् । जापान भ्रमणमा रहेका ट्रम्पले ट्वीटमार्फत उत्तरको मिसाइललाई साना हतियार भन्दै यसबाट केहीलाई बाधा परे पनि आफुलाई भने केही नगरेको उल्लेख गरेका छन् ।ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको निशस्त्रीकरणको प्रतिबद्धताप्रति आफु विश्वस्त रहेको जनाएका छन् । उनले आफूसँग गरेको बाचा कायम राख्नेमा समेत आफू विश्वस्त रहेको ट्रम्पको भनाई छ । ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भने उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रस्तावना उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् ।
जापानका प्रधानमन्त्री सिन्जो आवेले पनि उत्तरकोरियाले गरेको हतियार परिक्षणप्रति बिरोध गर्दे आएका छन ।राष्ट्रपति ट्रम्प र उनका राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनबीच यसअघि पनि भेनेजुयला र इरानसँगको सम्बन्ध लगायतका विदेश नीतिका विषयमा मत विभाजित भएको थियो ।जापान भ्रमणका क्रममा ट्रम्पले प्रधानमन्त्री आबेसंग उत्तर कोरियाली गतिविधिबारे समेत छलफल गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । केही साताअघि उत्तर कोरियाले दुई रकेट परीक्षण गरेको थियो ।

