राजधानीमा शृंखलाबद्ध बम बिस्फोट, ग्वार्कोमा सेनाले गर्यो बम डिस्पोज

विविध

आइतबार साँझ राजधानीका विभिन्न स्थानमा बम विस्फोट भएको छ। आज साँझदेखि राजधानीका विभिन्न ठाउँमा बम भेटिएका र केही ठाउँमा विस्फोट भएका समाचार आउन थाले पछि जनजीवन आतंकित बनेको छ । सबैभन्दा पहिलो विस्फोटको खबर काठमाडौको सुकेधाराबाट आए लगत्तै अनामनगरमा समेत विस्फोट भएको खबर आयो । सुरुमा ग्यास विस्फोट भएको हुनसक्ने आशंका गरिए पनि पछि शंकास्पद बस्तु भन्दै प्रहरीले अनसन्धान जारी रहेको जनायो । विस्फोटका क्रममा सुकेधारमा दुई जना मारिएको खबर आयो भने अनाम नगरमा १ जना मारिए । अनामनगर र सुकेधारमा केही व्यक्ति घाइते समेत भए । घाइतेको अनुसन्धान गर्ने क्रममा अनामनगरमा घाइते भएका एक जना विप्लव नेतृत्वको प्रतिवन्धित नेकपाको विद्यार्थी संठनका नेता भएको थाहा लाग्यो । प्रहरीले घटनाप्रति विप्लव समुह जिम्मवार हुन सक्ने आशंका ग¥यो ।यसैबीच बलम्भुबाट पनि विस्फोटको खबर आयो जसमा केही घाइते समेत भए । ललितपुरको लगनखेल र काठमाडौको ग्वार्को र गोंगबुमा पनि प्रेसर कुकर बम फेला परेको खबर आयो ।यता, प्रहरीले काठमाडौको नरेफाँटबाट विष्फोटक पदार्थ बनाउने सामाग्रीसहित ७ जनलाई पक्राउ ग¥यो । पक्राउ परेका सबैजना विप्लव समुहका कार्यकर्ता भएको प्रहरीले जनाएको छ ।प्रहरीको बयानका क्रममा अस्पतालमा रहेका घाइतेले टाइम बम बनाउने क्रममा विस्फोट भएको बताएको प्रहरीले जनाएको छ । यसैबीच सुकेधारमा घाइते भएका मध्ये अर्का एक जनाको उपचारका क्रममा मृत्यू भयो । साँझदेखिका घटनमा मृत्यू हुनेको संख्या ४ पुगेको छ । धाइतेहरुको काठमाडौको ओम अस्पताल, वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ ।विस्फोट भएका स्थानहरुबाट विप्लव समुहले आव्हान गरको बन्दको समर्थनका पर्चाहरु भेटिएको प्रहरीले जनाएको छ ।

ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा हल अगाडि सडकमा राखिएको कुकर बम भने नेपाली सेनाको विशेष टोलीले डिस्पोज गरेको छ। साँझ ७ : ४० बजे राखेको बम सेनाको टोलीले राति ९ : ३० बजे डिस्पोज गरेको हो।