काठमाडौं । विश्वकै अग्लो चुचुरो सगरमाथाको पवित्र स्थानमा बसेर एकजना अमेरिकन नागरिकले हस्तमैथुन गरेर नेपाल र नेपालीहरूको अपमान गरेकाे समाचार समाजिक सञ्जालमा भाइरल छ। अमेरिकाको भर्जिन आइल्यान्डका एक ३६ वर्षीय युवकले अत्यन्त पवित्र र आस्थाको केन्द्र मानिने सगरमाथा शिखरमा हस्तमैथुन गरेर रेकर्ड कायमको दुस्साहस गरेका हुन् । ह्युज ए रेक्सहनले विश्वको सर्वोच्च शिखर सगरमाथामा हस्तमैथुन गरिरहेको तस्बिर सामाजिक सञ्जालमा राखिएको छ ।‘आज सगरमाथासँगका सबै कीर्तिमानहरू तोडिँदै गर्दा हामीले पहिलोपटक पृथ्वीको सबैभन्दा उच्च शिखरमा हस्तमैथुन गरेको देखेको छौँ’, करिम शाह निजारीले ट्वीटमा तस्वीर राखेर भनेका छन्, ‘भर्जिन आइल्यान्डका ३६ वर्षीय ह्युज ए रेक्सहनले स्थानीय समयअनुसार ११ः११ बजे बिहान १ सय २० दर्शकहरूको उपस्थितिमा यो उपलब्धि हासिल गरेका हुन् ।’करिम शाह निजारीले हस्तमैथुन गर्दै गरेको तस्वीर ट्वीटरमा पोस्ट गर्दै ट्वीट गरेका छन् । रेक्सहन बिहीबार सर्वोच्च शिखर सगरमाथा पुगेका हुन् ।अमेरिकन नागरिकले विश्वकै सर्वोच्च शिखर सथरमाथाको चुचुरोमा पुगेर गरेको यो दुश्सासको चौतर्फी विरोध भएको छ ।सगरमाथाको चुचुरोमा पुगेर हस्तमैथुन गर्ने अनुमति कसले र किन दियो भनेर सरकारको आलोचना भएको छ । सामाजिक सञ्जालमा सगरमाथाको चुचुरोमा हस्तमैथुन गर्ने अमेरिकन नागरिक उनीसँगै रहेका साथीहरूलाई कारबाहीको माग गरिएको छ ।नेपालको आस्थाको केन्द्र सगरमाथाको चुचुरोमा भगवान गौतम बुद्धको मूर्ति पनि राखिएको छ । यति पवित्र स्थानमा उट्पट्याङ गर्नेहरूलाई छुट दिन नहुने माग उठेको छ ।अमेरिकन नागरिकले सगरमाथाको चुचुरोमा हस्तमैथुन गर्दै गरेको तस्वीर खिचाएका छन् । ती अमेरिकन नागरिकविरुद्ध सामाजिक सञ्जालमा आलोचना भएको भएको छ ।
भएको के हो?
@shahnizari ट्विटर ह्यान्डलबाट मे २३ मा गरिएको ट्विट यस्तो थियो-


अलिकति मात्र कमनसेन्स प्रयोग गर्ने हो भने पनि यो व्यङ्ग्यात्मक ट्विट हो भनेर सहजै बुझ्न सकिन्छ। जस्तै हस्तमैथनु गर्ने भन्नेको नाम Hugh E. Rexhun राखिएको छ। सबैले ह्युग ई रेक्सहन भनेर समेत लेखेको देखियो । यसलाई अलि अर्कै हिसाबले ध्यान दिएर उच्चारण गर्नुस् त- ह्युज इरेक्सन हुन्छ कि हुन्न? अनि उनको उमेर ३६ लेखिएको छ। छत्तीसको अर्थ के हुन्छ त तपाईँहरुलाई भनिरहनु नपर्ला नि है। अनि देशको नाम हेर्नुस् फेरि भर्जिन आइल्यान्ड्स राखिएको छ। यतिबाट पनि यो व्यङ्ग्यात्मक ट्विट हो भने कमनसेन्स लगाउनु पर्ने हो। आजभोलि जे पनि रेकर्ड सगरमाथामा, यिनले त्यही भएर व्यङ्ग्य गरेको हुनुपर्छ। यति कमनसेन्समा दिमाग नपुगे पनि यसो फोटोको वैधता जाँचे हुन्थ्यो। हुनत पर्यटन विभागले ११ वर्ष पुरानो भएको पत्ता लागेको भनिएको रहेछ। आफैले पनि सर्च गरे हुने हो। एभरेस्टन्युज डट कममा यो एडिट नगरिएको फोटो सन् २००८ को आरोहण भन्दै राखिएको छ। (http://www.everestnews.com/everest2008/summitclimbeverest20080006032008.htm)
(एडिट नगरिएको फोटो )

(एडिट गरिएको फोटो )

