विच्याट, अलिपेबाट भुक्तानी गर्न प्रतिबन्ध, अब फेसबुक र युट्युवमा विज्ञापन गर्न रोक लगाइँदै

विविध

 

काठमाडौं। नेपाल राष्ट्र बैंकले अबैधानिक रुपमा ‘विच्याट’, ‘अलीपे’ लगायतबाट भइरहेको भुक्तानीलाई पूर्णतया प्रतिबन्ध लगाएको छ। राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै प्रतिबन्ध लगाएको घोषणा गरेहो हो।पछिल्लो समय पर्यटक तथा नेपालीहरुले नै विच्याट, अलिपेबाट भुक्तानी गर्ने क्रम बढेको थियो। बैंक तथा वित्तीय संस्था, स्वीकृति प्राप्त पेमेन्ट गेटवे हुँदा हुँदै यसरी भुक्तानी भएर विदेशी मुद्राको आय र सञ्चितिमाथि नै धावा बोल्न थालेपछि राष्ट्र बैंक कठोर भएको हो।अब यसरी भुक्तानी गरेमा विदेशी विनिमय अपचलनको मुद्दा लगाइने छ। यसैगरी राष्ट्र बैंकले फेसबुक, टुइटरलगायतका सामाजिक सञ्चाल र युट्युवजस्ता च्यानलमा नेपालीले गरिरहेको विज्ञापनमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ।