पेट्रोलियम पदार्थको मुल्य घट्यो

विविध

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो ।अब काठमाडौं उपत्यकामा पेट्रोलको मुल्य प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ कायम भएको  छ । इन्डियन आयल कर्पोरेसनबाट १६ मे २०१९ मा प्राप्त मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मुल्य घटाइएको हो ।निगमले यसअघि गत बैशाख १९ गते पेट्रोलमा १ रुपैयाँ ५० पैसा  तथा डिजेल र मटितेलमा १/१ रुपैयाँ मुल्य बढाएको थियो ।