
काठमाडौं, ३ जेठ । विभिन्न विवाद पछि भूकम्प गएको साढे तीनबर्षपछि भूकम्पले ढालेको ऐतिहासिक धरहराको पुननिर्माणको काम गत बर्षको पुषबाट शुरु भएको थियो । निर्माण कार्य जारी रहँदा धरहरा वरीपरिका स्थानीयले पैदलमार्ग खुलाउनुपर्ने माग राखेर शुक्रवार अवरोध गरेपछि निर्माणको काम अवरुद्ध भएको छ । पैदलमार्ग नखुलाउँदा आफूहरुले आवत जावतमा समस्या भोग्नुपरेको स्थानीयको भनाई छ । उता सुरक्षाको दृष्टिले पैदलमार्ग खुलाउन नसकेको धरहरा निर्माण समितिले जनाएको छ । शुक्रवार स्थानीयले अवरोध गरेपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको छ । पैदलमार्ग खुलाउनुपर्ने आफूहरुको माग अझै पूरा नगरेको भन्दै स्थानीयले शुक्रबार अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध हुन पुगेको हो । धरहरा वरपरका स्थानीयले पैदल मार्ग नखुलाएको भन्दै अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध भएको धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठको भनाई छ । करिव १३ प्रतिशत काम सम्पन्न भईसकेको धरहरा निर्माणको काम स्थानीयले पैदल मार्ग खुलाउन माग गर्दै अवरोध गरेपछि प्रभावित भएको छ ।स्थानीयले विगत ६ महिनायता आफूहरुलाई आवात जावतका लागि सहज बनाउन पनि पैदलमार्ग खुलाउन धराहरा निर्माण समितिसँग माग गर्दै आएका थिए । उनीहरुले धरहरा निर्माण गर्दा ऐतिहासिक सम्पदा सुन्धाराको संरक्षण गर्न पनि दवाव दिँदै आएका छन । ६ महिनायता पैदलमार्ग समेत नखुलाइको कारण आफूहरु मारमा पर्नु परेको स्थानीय व्यापारीको भनाई छ ।यता, धराहरा निर्माण समितिले धराहरा वरपरका स्थानीयको पैदल मार्ग खुलाउने माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसँग छलफल भईरहेको र त्यसबारे चाडै आवश्यक निर्णय हुने जनाएको छ । पूरातत्वविद् राजुमान मानन्धरले हुलाक कार्यालय र काठमाडौं मलको बीचका पैदल मार्ग खुलाएर स्थानीयको माग सम्बोधन गर्ने गरी प्रधानमन्त्री कार्यालयसँग आवश्यक छलफल भईरहेको जानकारी दिनु भयो ।धरहरा निर्माण समितिले सुरक्षाको दृष्टिले बन्द गरिएको पैदलमार्ग स्थानीयको मागलाई सम्बोधन गर्ने र निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता जनाएको छ ।
