एनपीएल क्रिकेट : सुदूरविरूद्ध लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दै

खेलकुद

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन् । लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दैछ ।

गत संस्करणमा हारेको बदला लिने पक्षमा सुदूरपश्चिम रहेको छ भने लुम्बिनी गत वर्षकै नतिजा दाहोर्याउने दाउमा हुनेछ ।

लुम्बिनी रोहितकुमार पौडेल र सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको छ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन भएको प्रतियोगिता आगामी ५ मंसिरसम्म चल्नेछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । च्याम्पियन बन्ने टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ । उपविजेताले ८० लाख,तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख पुरस्कार पाउनेछ । यस्तै सान्त्वना स्थान हासिल गर्ने टोलीले ३० लाखमा चित्त बुझाउनुपर्नेछ ।