Beyond the Buzz: नेपालको Energy Drinks Market मा Growth, Brand Wars & New-Age Consumers

Sticky News कर्पोरेट

काठमाडौँ । कोभिड-१९ पछि सुरु भएको Economic Slowdown का बाबजुद नेपालको सफ्ट ड्रिङ्क्स बजारमा ‘एनर्जी ड्रिङ्क्स’ को माग तीव्र गतिमा बढिरहेको छ। यसको मुख्य कारण बदलिँदो New-Age Lifestyle, द्रुत सहरीकरण र युवापुस्ताको Fast Changing Consumption Pattern  हो।

“From global heavyweights like Red Bull and Monster Energy to homegrown contenders such as Xtreme and Max Tiger, these brands are commanding a significant presence in Nepal’s energy drinks market.”

एनर्जी ड्रिङ्क्स क्षेत्रमा कार्यरत सेल्स, मार्केटिङ र ब्रान्ड लिडरहरूका अनुसार नेपाली बजारमा अहिले ‘थ्री-लेयर च्याम्पियन्स’ को कब्जा छ। यद्यपि, यो बजार अनुमानमा आधारित हो। आधिकारिक सेल्स डेटा यो लेख तयार पार्दासम्म प्राप्त भइनसकेकाले यसलाई Official Market Position भनी दाबी गर्न सकिँदैन।

भोल्युम लिडर (स्टिङ / मास PET सेग्मेन्ट): Pocket-Friendly Cost र गाउँदेखि सहरसम्मका राजमार्ग तथा यातायात कोरिडोरहरूमा सहज पहुँचका कारण ‘स्टिङ’ जस्ता PET बोतलमा पाइने पेय पदार्थहरूले Total Sales Volume को करिब ४०% देखि ४५% हिस्सा ओगटेको अनुमान छ।

ग्रोथ च्याम्पियन (एक्सट्रिम / एग्रो थाई फुड्स सेग्मेन्ट): आक्रामक स्पोर्ट्स स्पोन्सरसिप, युवा-केन्द्रित ३६०-डिग्री मार्केटिङ/ब्रान्डिङ र फराकिलो वितरण सञ्जालका माध्यमबाट एग्रो थाई फुड्सको ‘एक्सट्रिम’ लगायतका स्वदेशी क्यान ब्रान्डहरूले बजारको ३०% देखि २५% हिस्सा ओगट्दै तीव्र वृद्धि हासिल गरिरहेको सहजै अनुमान गर्न सकिन्छ।

प्रीमियम भ्यालु लिडर (रेडबुल सेग्मेन्ट): Urban Centers, नाइट-लाइफ भेन्यु, मल तथा सुपरमार्केट र प्रिमियम होटल, रेस्टुरेन्ट र क्याफे च्यानलहरूमा बलियो पकड कायम राख्दै ‘रेडबुल’ले Total Market Value Share को २०% देखि २५% हिस्सा नियन्त्रण गरिरहेको अनुमान छ।

(पुनश्च: उपलब्ध बजार अनुमानका आधारमा यो विवरण तयार पारिएकाले यसलाई आधिकारिक पोजिसन दाबी गर्न सकिँदैन।)

फास्ट–ग्रोइङ मार्केट र चेन्जिङ कन्जम्प्सन प्याटर्न

विशेष गरी विद्यार्थी, कर्पोरेट सेक्टरका कर्मचारी, खेलाडी र लामो दूरीका ड्राइभर तथा राइडरहरूलाई लक्षित गरी बिक्री गरिने यी पेय पदार्थहरूको मुख्य आकर्षण ‘Instant Energy and Refreshment’ हो। दैनिक दौडधुपको जीवनशैली र आयस्तरमा भएको वृद्धिसँगै एनर्जी ड्रिङ्क्सको माग अहिले सहरी क्षेत्रमा मात्र होइन, Semi-Urban र ग्रामीण बजारसम्म विस्तार भएको छ।

“More interestingly, its market has expanded further in recent years as it is increasingly being used as a mixer for alcoholic beverages.”

हेल्थ कन्सस्नेस र प्रोडक्ट इनोभेसन (Product Innovation)

बजार विस्तारसँगै उपभोक्ताहरूमा Health Consciousness पनि बढेको छ। धेरै सुगर र क्याफिन भएका ड्रिङ्क्सले स्वास्थ्यमा असर पार्न सक्ने भन्दै सचेत बनेका ग्राहकलाई आकर्षित गर्न उत्पादकहरूले नयाँ, प्रभावकारी Health-Conscious Driven Strategies अपनाउन थालेका छन्।

“The game is changing, with brands racing to drop healthier energy drinks featuring natural ingredients, low sugar, and vitamin-packed formulas. Fruity flavours and organic blends are also winning over a new generation of increasingly health-conscious consumers.”

एग्रेसिभ मार्केटिङ र Sports Sponsorship Mania:

नेपालमा एनर्जी ड्रिङ्क्स ब्रान्डहरूले Youth Segment सँग जोडिन आक्रामक डिजिटल तथा ‘अन-ग्राउन्ड’ मार्केटिङ गरिरहेका छन्। राष्ट्रिय तथा स्थानीय तहका खेलकुद प्रतियोगिता, क्रिकेट, फुटबल टोलीको प्रायोजन र सामाजिक सञ्जालका ‘इन्फ्लुएन्सर’मार्फत Markting Buzz Create गर्ने शैली निकै प्रभावकारी देखिएको छ।

“Xtreme Energy Drink’s aggressive brand penetration through the ongoing Nepal Premier League 

यसका साथै, सुपरमार्केट, मार्ट, डिपार्टमेन्टल स्टोरदेखि गाउँ-गाउँका खुद्रा पसल र अनलाइन डेलिभरी प्लेटफर्महरू मार्फत यसको पहुँच अत्यन्तै सहज बनाइएको छ।

सरकारी नीति, नियमन र चुनौतीहरू

बजारमा अवसरहरू प्रशस्त भए पनि एनर्जी ड्रिङ्क्स सेग्मेन्टले केही जटिल चुनौतीहरूको सामना गरिरहेको छ:

कडा नियमन र मापदण्ड:

नेपाल सरकार र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (DFTQC) ले एनर्जी ड्रिङ्क्समा क्याफिनको मात्रा, Labeling र Nutrition सम्बन्धी विवरण स्पष्ट खुलाउनुपर्ने कडा नियम बनाएको छ।

“Restrictions on advertising targeted at children and adolescents have also reshaped market strategies, compelling brands to recalibrate their promotional approaches and audience engagement tactics.”

कम्पिटिटर राइभलरी र प्राइसिङ प्रेसर:

Multinational Brand र स्वदेशी उत्पादकहरूबीचको तीव्र प्रतिस्पर्धाले Pricing मा ठूलो दबाब सिर्जना गरेको छ।

दुर्गम क्षेत्रमा सप्लाई च्यालेन्ज:

भौगोलिक विकटताका कारण नेपालका Remote क्षेत्रसम्म सुरक्षित र सर्वसुलभ रूपमा उत्पादन पुर्‍याउनु अझै पनि चुनौतीपूर्ण छ।

नेपालमा एनर्जी ड्रिङ्क्सको Future Outlook:

चुनौतीहरूका बाबजुद नेपालमा एनर्जी ड्रिङ्क्सको भविष्य निकै उज्ज्वल देखिन्छ। स्वदेशी उद्योगहरूले ‘Local Bottling/Canning’ मा गरेको ठूलो लगानीले एकातिर Import Substitution मा सहयोग पुर्‍याएको छ भने अर्कोतिर स्थानीय स्तरमा Job Creation गरेको छ।

“By prioritizing innovative flavours, health-conscious formulations, digital-first marketing strategies, and robust partnerships with local distributors, the energy drinks segment is well-positioned to capture a significantly larger share of Nepal’s beverage industry in the years ahead.”

– Lavesh Pyakurel