दसैँ नजिकिएसँगै काठमाडौँका सडकमा सवारीसाधन र पैदलयात्रुको चहलपहल घट्यो

Headlines समाचार

 

दसैँ नजिकिँदै जाँदा काठमाडौँ उपत्यका छाडेर आफ्नो गाउँघर फर्किनेहरूको सङ्ख्या बढेसँगै उपत्यकाका सडकमा सवारीसाधन तथा सर्वसाधारणको चहलपहल घटेको छ। दसैँ मनाउन उपत्यकाबाट बाहिरिनेको सङ्ख्या बढेसँगै सडकमा सवारीसाधनको चाप कम भएको हो ।

सामान्य दिनमा सवारीसाधनको चाप, धुवाँधुलो र ट्राफिक जामले अस्तव्यस्त हुने काठमाडौँका सडकहरू पछिल्लो समय तुलनात्मक रूपमा शान्त र खुला देखिन थालेका छन्। यद्यपि, सडकमा सवारीसाधन पूर्ण रूपमा घटिसकेका छैनन्। तर, विगतका दिनको तुलनामा सवारीसाधन र पैदलयात्रुको चहलपहल कम भएकाे छ ।

तस्विरहरू : सक्षम घिमिरे/नेपाल न्यूज बैंक