जेन्जी पुस्ताका सांसदसँग प्रधानमन्त्री शाहको विशेष अन्तरक्रिया

Headlines राजनीति

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन्।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार अन्तरक्रियामा नवीनतम प्रविधिको प्रयोग तथा डिजिटल सुशासन, युवा स्वरोजगार र स्टार्टअप नीति, प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा तथा वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा छलफल भइरहेको छ।

अन्तरक्रियामा जेन्जी पुस्ताको अपेक्षा, प्रविधिमैत्री सार्वजनिक सेवा, युवाका लागि रोजगारी तथा उद्यमशीलताका अवसर र सामाजिक तथा आर्थिक विकासका प्राथमिकताबारे विचार आदानप्रदान भइरहेको जनाइएको छ।

सरकारले पछिल्लो समय सुशासन, डिजिटल सेवा, रोजगारी सिर्जना, उद्यमशीलता तथा दिगो विकासलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रका सरोकारवालासँग छलफल अघि बढाइरहेको छ।