चिलिमे अपडेट : टनेलमा खोजी तथा उद्धार कार्य तीव्र

Headlines समाचार

काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङ (टनेल) क्षेत्रमा फसेका श्रमिक तथा प्राविधिकहरूको खोजी र उद्धार कार्य निरन्तर जारी रहेको छ ।

बाढीपछि सुरुङको प्रवेशद्वार तथा भित्री भागमा थुप्रिएको बाक्लो लेदो, ढुङ्गामुढा र भग्नावशेष पन्छाउँदै उद्धार टोली अघि बढिरहेको छ ।

उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्राविधिक टोली संयुक्त रूपमा खटिएका छन् । टोलीले रातदिन नभनी लेदो पन्छाउने काम भइरहेको उद्धारमा संलग्न सुरक्षा निकायले जनाएको छ ।