हरितालिका तीजमा पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

सक्षम घिमिरे, नेपाल न्यूज बैंक

हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ ।

तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

पशुपतिका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुलेका छन् ।

आजका दिन महिलाहरू व्रत बसेर भगवान् शिव र माता पार्वतीको पूजा–आराधना गर्ने परम्परा रहेको छ ।