काठमाडौं, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर पौडेलले भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख २५ हजार ५२५ रुपैयाँ सहयोग गर्नुभएको छ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्षसमेत रहनुभएका पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत जम्मा गर्नुभएको हो।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोगस्वरूप पौडेलले भदौ २५ गते बिहीबार सिंहदरबारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो।
बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले अघि बढाएका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले व्यक्तिगत रूपमा उक्त रकम सहयोग गरेको पौडेलले बताउनुभयो।
उहाँले विनाशकारी बाढीबाट भएको क्षतिपछि प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि देश तथा विदेशमा रहेका नेपालीसहित सबै पक्षलाई सक्दो सहयोग गर्नसमेत आह्वान गर्नुभएको छ।


