सञ्जय साहपछि कवीर महर्जन पनि सुरुङबाट जीवितै उद्धार

समाचार

काठमाडौं । त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङबाट अर्का एक व्यक्तिको पनि जीवितै उद्धार गरिएको छ ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार मेकानिकल सुपरभाइजर कवीर महर्जनलाई सुरुङबाट जीवितै उद्धार गरिएको हो ।

यसअघि आजै मेकानिकल फोरम्यान सञ्जय साहको पनि जीवितै उद्धार गरिएको थियो ।