त्रिशूली थ्री ए सुरुङबाट सञ्जय साहको जीवितै उद्धार, अन्यको खोजी जारी

Sticky News समाचार

काठमाडौं । त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरिएको छ ।

सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्र फसेका सञ्जय साहलाई जीवितै उद्धार गरिएको हो।

सुरुङभित्र अझै अन्य व्यक्ति फसेको जानकारी प्राप्त भएको उनले बताएका छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।