काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री सुधन गुरुङसहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा गृहमन्त्री गुरुङलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।
त्यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा. मनोहर प्रधान, सुरेन्द्र चौधरी, डा. भक्तबहादुर राई र भूपदेव शाहलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ।

बैठकले पार्टीको केन्द्रीय संरचनामा थप नेताहरूलाई समेट्दै उनीहरूको जिम्मेवारी औपचारिक रूपमा तय गरेको हो।
साथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवक्तामा जगदीश खरेल मनोनीत भएका छन्।


