थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ५७ पुग्यो

विविध

२०७७ जेष्ठ ०८  : काठमाडौँ – नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको  संख्या ४ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार बाँकेका दुई र कपिलवस्तुका एक जनामा कोरोना पुष्टि भएको छ । उनीहरुको भेरी अञ्चल अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो । तीनै जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।