कोरोना संक्रमित युवती टेकु अस्पतालबाट डिस्चार्ज : संक्रमणमुक्त हुनेको संख्या ४६

विविध

काठमाडौं, ८ जेठ । कोरोना संक्रमित भई टेकु अस्पतालमा उपचाररत २५ वर्षीया युवती डिस्चार्ज हुनु भएकी छ ।

युवतीलाई वैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो। तर जेठ ३ र ७ गते पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो।

युवती सुरुमा पेशाले नर्स भएको र निदान अस्पतालको कर्मचारी भनेर चर्चा भए पनि उहा अस्पतालको परिसरमा रहेको आरोग्य प्रतिष्ठानमा एकाउन्टेन्ट भएको बताइएको छ।

निदान अस्पतालले भने जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा आवश्यक सुरक्षा प्रविधि अपनाइसकेको र हाल अस्पताल पूर्ण रुपमा डिस्इफेक्ट गरी बहिरंग, अन्तरंग विभाग र अन्य सेवाहरु यथावत सुचारु गरिसकेको बताएको छ। बिहीबार डिस्चार्ज भएकी युवतीसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ४६ पुगेको छ।